करेन्ट लागेर एकको मृत्यु

ढोरपाटन (बागलुङ)- यहाँको बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको आज साँझ ४:३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएको थियो । अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया