'जापानसँगको व्यापार सम्झौताप्रति अत्यन्त आशावादी’

टोकियो- जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले टोकियोका बाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको बताएका छन् ।
जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गरेका छन् ।
तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ ।
उनले भने, “मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु ।”
“सम्झौता हुनेछ, म अत्यन्त आशावादी छु, ” राजदूत जर्ज ग्लासले पत्रकारहरूसँग भने ।
टोकियोको हानेदा विमानस्थलमा उनले भने, “जापान र अमेकिाका राम्रा र प्रतिभाशाली कुटनीतिज्ञ र कर विशेषज्ञहरूले वार्तालाई सम्झौतामा परिणत गर्ने जिम्मेवारी पूरा गर्न लागिपरेका छन् ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई उच्च प्राथमिकता दिनुभएको छ । त्यसैले मलाई धेरै विश्वास छ, हामी केहि गर्नेछौं।
जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता हुन् र जापान एशिया–प्रशान्त क्षेत्रमा वाशिङ्गटनको लागि एक महत्वपूर्ण रणनीतिक सहयोगी हो।
तर ट्रम्पले अधिकांश देशहरूमा लगाएको १० प्रतिशत आधारभूत करका साथै कार, स्टिल र आल्मुनियममा लगाएको पीडादायी कडा करको अधीनमा जापान पनि रहेको छ।
ट्रम्पले जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाए पनि यो चीनबाहेक अन्य देशहरूमा जस्तै ९० दिनका लागि रोकिएको छ। (एएफपी)

क्रेडिट सुइसको जरिवाना घटाइयो

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

प्रतिक्रिया