टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कलैया (बारा)- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा शुक्रबार टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेको कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया