फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

काठमाडौँ- एलओडी क्लबमा चर्चित ब्राजिलियन फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाख ९ गते सो क्लबमा फुटबलर कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने उनी मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।
शुक्रबार आउने पुर्व जानकारी थियो तर उनको स्वास्थ्य अनुकुल रहेकाले तीन दिन ढिला गरि मंगलबार आउन लागेको उनले बताए । उनको नेपाल भ्रमणले सम्पुर्ण फुटबल प्रेमी दर्शकहरुमा हर्षोल्लास छाउने छ ।
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ । रोबर्टो कार्लोसलाई हेर्न चाहने दर्शकले मंगलबार एलओडी आउनसमेत क्लबले सबैमा अपील गरेको छ ।

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया