रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

मुम्बई- बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्रमध्ये एक हो ।
नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा अपडेट आएको छ ।
चिल्लर पार्टी, दंगल, छिछोरे जस्ता चलचित्र बनाएका नितेश तिवारी अहिले पौराणिक चलचित्र रामायणमा केन्द्रित भएका छन् । भगवान रामको भूमिकामा रणवीर कपुर र आमा सीताको भूमिकामा साई पल्लवी छन् । जो सन् २०२४ देखि नै फिल्मको सुटिङमा व्यस्त रहेका छन् । अहिले पहिलो भागको छायांकन लगभग सकिएको छ भने अब दोस्रो भागको पनि तयारी सुरु भएको छ ।
मिड–डेका अनुसार रणवीर कपुर, साई पल्लवी र अन्य कलाकारहरू यसै वर्षको मे महिनामा रामायण पार्टः २ को छायांकन सुरु गर्दैछन् । यो बीचमा भने अहिले रणवीर आफ्नो सञ्जय लिला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’को सुटिङमा व्यस्त रहेका छन् । जसमा उनको चरित्र बिल्कुलै फरक छ ।
तर, यसपछि उनले रामायण भागः२ को तयारी पनि गर्नुपर्ने पनि छ, जसको लागि उनले छिट्टै लुक टेस्ट गर्न लागेका छन् कि उनी आफ्नो चरित्रमा फिट छन् कि छैन् भनेर हेर्नुपर्ने हुन्छ ।
रामायणको पहिलो भागमा भगवान राम र माता सीताको प्रारम्भिक जीवनको बारेमा देखाइने छ भने दोस्रो भागमा सीताको वनवास र अपहरणको वरिपरि घुम्ने जनाइएको छ । सीताको भूमिका निभाएकी साई पल्लवी यतिबेला आफ्नो सबैभन्दा ठूलो दृश्यको तयारीमा छिन् ।
युनिटले लंकाको हरियाली बगैंचा अशोक वाटिका, जहाँ सीतालाई कैद गरिएको थियो, मा महत्वपूर्ण दृश्यको तयारी थालेको छ । यो अवस्थाका लागि दुईवटा गीत पनि तयार भइसकेको छ ।
रामायणको सेट मुम्बईमा मात्र बनाइएको छ । मनसुन अगावै दृश्य पूरा गर्ने प्रयास भइरहेको छ । निर्देशकले अक्टोबर २ सम्ममा यो पार्ट पूरा गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया