नेपालको डिजिटल यात्रामा बायोमेट्रिक क्रान्तिको प्रवेश कस्तुरी आईटी होमको नयाँ अध्याय

काठमाडौँ - नेपाल आजको युगमा डिजिटल परिवर्तनको चरणमा उभिएको राष्ट्र हो । सुशासन, पारदर्शिता र नागरिक–केन्द्रित सेवा प्रणाली निर्माण गर्ने मार्गमा हिँडिरहेको नेपालले प्रविधिलाई अब केवल विकल्प होइन आवश्यकताको रूपमा अँगाल्न थालेको छ ।
सूचना प्रविधिको प्रचण्ड विस्तार सामाजिक सुरक्षाको सुदृढीकरण र नागरिकको पहिचानप्रति बढ्दो संवेदनशीलता यी सबैले एक यस्तो प्रविधिको माग गरेका छन् जसले तीव्र विश्वसनीय र समावेशी सेवा दिन सकोस् । यस सन्दर्भमा नेपालको सूचना प्रविधिको क्षेत्रमा आठ वर्षदेखि नवप्रवर्तन ल्याउँदै आएको कस्तुरी आईटी होम प्रा. लि. अब बायोमेट्रिक प्रविधिमा क्रान्ति ल्याउने अभियानमा अग्रसर भएको छ ।
यो यात्रा केवल प्रविधिको आयात मात्र होइन । यो नेपाललाई डिजिटल आत्मनिर्भरता तर्फ लैजाने संकल्प हो र यस संकल्पमा काठमाडौँमा मुख्य कार्यालय खोलेर विसं २०७३ सालमा कस्तुरी आईटी होम स्थापना भएको थियो । स्थापना कालदेखि नै नेपालको प्रविधि क्षेत्रमा परिवर्तन ल्याउने अठोटका साथ अघि बढेको कस्तुरीले आजको दिनमा आउँदा भारतको डिजिटल पहिचान आधार कार्डमा समेत अन्तरआबद्ध भएको बहुप्रतिष्ठित एवं अनुभवी कम्पनी मन्त्र स्मार्ट आइडेन्टिटी प्रा. लि. सँग सहकार्य गर्दै नेपालमा बायोमेट्रिक उपकरणहरूको नवीन युग आरम्भ गरेको छ ।
पछिल्लो समय नेपालको स्थानीय प्रशासनदेखि केन्द्रीय सेवा प्रणालीसम्म नागरिकको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक प्रविधिको प्रयोग अनिवार्य हुँदै गएको छ । चाहे त्यो सामाजिक सुरक्षा भत्ता वितरणमा होस् वा डिजिटल उपस्थिति प्रणालीमा वा नागरिकताको प्रमाणिकरण—यी सबै प्रक्रियालाई सरल, छरितो र भरोसायोग्य बनाउन बायोमेट्रिक समाधान अब अपरिहार्य बनिसकेको छ ।
कस्तुरी आईटी होमले उपलब्ध गराइरहेका मन्त्र ब्रान्डका उपकरणहरू सिङ्गल फिङ्गर प्रिन्ट स्क्यानर (Single Fingerprint), मल्टी फिङ्गर स्क्यानर (Multi Fingerprint), तथा डूअल आईरिस स्क्यानर (Dual Irish) यिनै आवश्यकताहरूको उत्तर हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टाराईले आजको युगमा डिजिटल पहिचान केवल प्रविधि नभएर राष्ट्रको मेरुदण्ड हुँदै गएको बताउँछन्। उनले भने,“हामी चाहन्छौं नेपालका सबै सेवा ईकाइहरूमा यस्तो प्रविधि पु¥याउन जसले नागरिकको साख र राज्यको उत्तरदायित्व दुबै सुनिश्चित गरोस् ।”
पछिल्लो समय सामाजिक सुरक्षाको सन्दर्भमा हेर्दा नेपाल सरकारले राष्ट्रिय परिचयपत्र प्रणालीलाई सामाजिक सुरक्षा भत्तासँग जोड्ने प्रयासलाई तीव्रता दिएको छ । यही प्रयासलाई सफल र प्रभावकारी बनाउन कस्तुरी आईटी होमले मन्त्रसँगको सहकार्य अन्तर्गत आयात गरिएका उपकरणहरू देशभरका स्थानीय तहमा स्थापना गर्न थालेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए । उनले भने, “यी उपकरणहरू जसले औंला वा आँखाको स्क्यानमार्फत लाभग्राहीको पहिचान गर्न सक्ने क्षमता राख्छन् विशेष गरी वृद्ध, अपाङ्ग, वा दुर्गम क्षेत्रका नागरिकहरूको लागि अत्यन्त उपयोगी सावित भएका छन् ।”
खासगरी ग्रामिण क्षेत्रका लाभग्राहीहरूको सन्दर्भमा जहाँ खेतीपातीको कारण औंलाको छाला खिइएको हुन्छ वा जाडोयाममा छाप स्पष्ट आउँदैन त्यहाँ आईरिस स्क्यानर (Irish Scanner) उपयुक्त विकल्प बनेको उनले जानकारी दिए । “यसले आँखाबाटै पहिचान गर्न सक्ने भएकाले पहिचानमा हुने समस्या समाधान हुन्छ र नागरिकलाई अनावश्यक कागजी प्रक्रिया वा लामो लाइनको झन्झटबाट मुक्ति दिन्छ,”उनले भने ।
कस्तुरी आईटी होमले नेपालका प्रमुख महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका,गाउ‘पालिका र वडा कार्यालयहरूमा यी उपकरणहरू सहज रूपमा स्थापना गर्न सुरु गरिसकेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, सिमरा, विराटनगर, बारा, सुर्खेत, महाकाली जस्ता देशका प्राय स्थानिय निकायहरुमा मन्त्र ब्रान्डका उपकरणहरू सफलतापूर्वक प्रयोगमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यिनीहरू साना, हलुका, प्रयोग गर्न सजिला, ल्यापटप वा कम्प्युटरसँग इन्टरनेटमार्फत जुनसुकै स्थानबाट सजिलै चलाउन मिल्ने, साथै प्रयोगकर्ता पुस्तिका (User Manual) हेरेर नै कन्फिगर (Configure/Installation) गर्न सकिने भएकोले प्रयोगकर्ता मैत्री भएको छ । प्रती ईकाई लागत थोरै त्यसमा पनि वारेन्टि, प्रभावकारी प्राविधिक सहायता भएकोले हरेक स्थानिय तह, सेवा ईकाई, वडा कार्यालयहरुका लागी मितब्ययी रहेको देखिन्छ ।
यस्ता प्रविधिहरूले न केवल राज्यको खर्च घटाउँछन् सेवा प्रवाहलाई भरपर्दो र सुरक्षित बनाउँछन् । अभैm महत्त्वपूर्ण कुरा के हो भने यो सम्पूर्ण प्रक्रिया स्वयं नागरिक–केन्द्रित छ । जब सेवा नागरिकसम्म पुग्न थाल्छ न कि नागरिक सेवाको खोजीमा सरकारी कार्यालय घुम्नुपर्ने बाध्यतामा हुन्छ, तब मात्र राज्य सच्चा अर्थमा जनमुखी बन्न पुग्छ ।
बायोमेट्रिक प्रविधिको प्रयोगले नितन्त रुपमा सही लाभग्राहिको पहिचान हुनाले दोहोरोपन रोकिने, जालसाझि,भष्टचार,अनियमितता रोकिनुका साथै फरक विवरण पारेर लाभ लिने परम्पराबाट मुक्त हुन सकिन्छ । शुरुवाती चरणमा स्थानिय स्तरमा बायोमेट्रिकको लागु गर्नु नया नौलो हुन सक्छ, भौगोलिका विकटता, इन्टरनेटको पहुच‘ता आदिको व्यवस्थापन कार्यमा कठिनाई हुनु स्वाभाविकै हो तर जब ब्यक्ती पहिचानमा बायोमेट्रिकले गती लिन थान्छ तब शुसासनमा प्रभावकारिता आउछ । अर्थात सेवाग्राहिले केवल बायोमेट्रिककै भरमा धेरै सेवा सुविधा छिटो छरितो तवरले लिन सक्ने भविष्यको कल्पना सहजै गर्ने सकिन्छ ।
त्यसैगरि बायोमेट्रिक उपकरणहरूको विविधता कस्तुरी आईटी होमको अर्को प्रमुख विशेषता हो । साधारण औंलाको छापबाट हुने सिङ्गल फिङगर प्रिन्ट (Single Fingerprint) उपकरणले अधिकतर लाभग्राहीको आवश्यकता पूरा गर्छ तर विशेष अवस्थाका लागि सिङ्गल (Single Irish) वा डूअल आईरिस स्क्यानर (Dual Irish) उपलब्ध छ । अनि भिडभाड भएका स्थानहरूमा सेवा दिँदा मल्टी फिङ्गर स्क्यानर (Multi Fingerprint) , जसले एकसाथ पाँच औंलाको स्क्यान गर्न सक्छ अझ प्रभावकारी सावित भएको कम्पनीका कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।
उनले भने,“आजको डिजिटल युगमा जब सेवा प्राप्त गर्न पहिचान स्वयं डाटाको रूपमा काम गर्छ तब बायोमेट्रिकको आवश्यकता प्रश्नको विषय रहँदैन त्यो आधारशिला बन्छ । भविष्यको कल्पनामा जब हामी सोच्छौं कि नागरिक केवल औंला वा आँखाको स्क्यानमार्फत विद्यालय भर्ना, अस्पतालमा उपचार, बैंक खाता सञ्चालन वा सामाजिक सुरक्षाको रकम प्राप्त गर्न सक्छन् तब त्यो भविष्य धेरै टाढा छैन भन्ने आभास हुन्छ ।”
यस सम्पूर्ण प्रयासमा कस्तुरी आईटी होमको दृष्टिकोण स्पष्ट छ । नेपालमा सूचना प्रविधिलाई केवल देखावटी प्रविधिमा सीमित नराखेर, सेवा–केन्द्रित, प्रयोगकर्ता–मैत्री र आत्मनिर्भर बनाउने हो । कम्पनीले भविष्यमा पनि डिजिटल नेपाल अभियानमा नवीन पहलहरू गर्दै देशलाई प्रविधिमा आत्मनिर्भर बनाउने प्रण लिएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
आज जब डिजिटल पहिचान प्रणाली नेपालमा व्यावहारिक रुपमा स्थापित हुँदैछ, कस्तुरी आईटी होमको यो यात्रा केवल सेवाप्रवाहको होइन यो विश्वासको यात्रा हो, जसले नागरिक र सरकारबिचको दूरीलाई प्रविधिको पुलमार्फत नजिक बनाउँदैछ ।

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

प्रतिक्रिया