जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

काठमाडौँ- चर्चित र्यापर नवाज अन्सारीको एलओडीबाट टुर सुरू भएको छ । शनिबार काठमाडौंको ठमेल स्थित एलओडीमा प्रस्तुति दिएसँगै र्यापर अन्सारीको साम्राज्य टुर सुरू भएको हो । भर्खरै विश्वको उत्कृष्ट डिजेको ४४ औं स्थानमा पर्न सफल एलओडीमा नवाज अन्सारीले आफ्नो धमाकेदार प्रस्तुति दिएका हुन् ।
युवा पुस्तामा चर्चित र्यापर अन्सारीले देशका विभिन्न सहरहरूमा साम्राज्य टुर गर्ने घोषणा गरिसकेका छन्। जसको सुरूवात एलओडीबाट भएको छ । अन्सारीको साम्राज्य टुर पोखरा, बुटबल लगायतका सहरहरूमा हुने जनाइएको छ । अन्सारीको यो पहिलो नेपाल टुर हो । उनी करिब ८ वर्षपछि नेपाल आएका हुन् । अमेरिकामै बसेर नेपाली हिपहपलाई प्रतिनिधित्व गर्दै आएका अन्सारी र्याप क्षेत्रमा निकै चर्चित छन् ।
एलओडीमा जेन्जीदेखि अल्फा पुस्तासम्म अन्सारीको र्यापमा झुमेका थिए । अन्सारीको प्रस्तुतिमा चर्चित भ्लगर सिसन बानियाँले झन दर्शकहरूलाई उत्साहित बनाएको थियो । यसका साथै अन्य र्यापर प्रोफेर ट्रिक्स, यबी लगायतले एलओडीको माहोल झन उत्साहित बनाएको थियो । करिब ९ बजेदेखि सूरू भएको अन्सारीको प्रस्तुति करिब साढे १२ बजेसम्म चल्यो ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको छ । त्यसअघि क्लब ४९,५० र ५२ औं स्थानमा परिसकेको छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागीता रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया