ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३० करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ३७.१२ प्रतिशत बढेको हो ।
खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ । कम्पनीको गत वर्ष १३ अर्ब २ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी रहेको छ । संचालन मुनाफा ३४.४१ प्रतिशतले बढेको छ । यो वर्ष ६ अर्ब ३३ करोड संचालन मुनाफा रहेकोमा गत वर्ष ४ अर्ब ७१ करोड संचालन मुनाफा थियो ।
कम्पनीको प्रति शेयर नेट्वर्थ १७३.४७ रहेको छ । प्रतिशेयर आम्दानी १२.२० बाट बढेर १५.८६ रुपैयाँ पुगेको छ। वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रहेको छ ।
कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदा विश्व बैंकले ऋणको ब्याजदर ०.७५ प्रतिशत…

प्रतिक्रिया