इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

काठमाडौं- विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो ।
यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ ।
यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्महरू भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ । इनड्राइभले यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ ।
कम्पनीले आफ्नो द्रूत सफलता र लोकप्रियताको मुख्य श्रेय यसको अद्वितीय र प्रयोगकर्तामैत्री मोडेललाई दिन्छ, जसले अन्य पारंपरिक मोडेलहरूको तुलनामा अझ बढी ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ ।
इनड्राइभका एपीएसीका कम्युनिकेसन लिड—पवित्र नन्द आनन्दका भनिन्, “हामीले सन् २०२२ मा नेपालमा ‘आफ्नो भाडा आफैं तय गर्नुहोस् र आफ्नो चालक छान्नुहोस्’ भन्ने मोडेलका साथ इनड्राइभको सेवा सुरु गरेका थियौं । नेपाली बजारमा यस्तो सुविधा ल्याउने पहिलो राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नै हो । यो मोडेलले यात्रुलाई आफैंले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकहरूमध्य मूल्याङ्कन, सवारी साधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षहरूको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिन्छ । नेपाली उपभोक्ताहरूले यस सुविधालाई अत्यन्तै रुचाएका छन्, किनभने यसले उचित भाडा दर र अनुकूल यात्रा अनुभवको विकल्प प्रदान गर्दछ ।”

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा

प्रतिक्रिया