आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

मुलुकलाई कंगाल बनाउने भ्रष्ट्रचारीको अन्त्य नगरी सुशासन र समृद्ध आउँदैनः ज्ञानेन्द्र शाही

काठमाडौँ- राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले देशलाई कंगाल बनाउने भ्रष्ट्रचारीतन्त्रको अन्त्य नगरी मुलुकमा सुशासन नआउने बताएका छन् । आइतबार उनले काठमाडौँ प्रहरी परिसरबाट रिहा भएपछि भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन नसक्ने दाबी गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही लगायतका नेतालाई प्रहरीले ४ चार घण्टा परिसरमा राखेको थियो । 

अवस्था सुधार्नका लागि व्यवस्था सुधार्न आवश्यक छ। नीति र नियम जनमुखी भएनन् भने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्दैन,’ उनले भनेका छन् ।

उनले आज राप्रपाको शक्ति प्रदर्शन नभएर हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म नगरेको उल्लेख गरेका छन् । आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबार भित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो,’ उनले लेखेका छन् । उनले सिंहदरबार भित्रै प्रदर्शन गरेको प्रस्ट पारेका छन् ।