कोटेश्वरमा देउवा, नेपाल र खड्काबीच वार्ता जारी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेपाल निवास कोटेश्वरमा अहिले प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र नेपालबीच भेटवार्ता भइरहेको एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कोटेश्वर पुगेर पहिला देउवाले नेपाल निवासमा रहेका एमाले सांसद र नेताहरूसँग छलफल गरेका थिए । त्यसपछि अहिले तीन नेताबीच गोप्य छलफल भइरहेको खतिवडाले बताए ।
भेटवार्तामा सरकारमा सहभागिता, विश्वासको मत र समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन एमालेको विरष्ठ नेता नेपाल समूहका २३ सांसदले पनि हस्ताक्षर गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया