पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ।
‘उनको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो,’ कार्डिनल फारेलले भने । विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन्र ।
डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्। हजारौं उपासकहरूलाई‘ ह्याप्पी ईस्टर’ को शुभकामना दिन सेन्ट पिटर स्क्वायरमा देखा परेको एक दिन पछि उनको मृत्यु भएको हो ।
फ्रान्सिसको पोपसीले क्याथोलिक चर्चमा सुधारहरू शुरू गरेका थिए, उनी परम्परावादीहरूका बीचमा निकै नै लोकप्रिय रहेका थिए । उनी अमेरिका वा दक्षिणी गोलार्धबाट पहिलो पोप हुन । सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन् ।
उनी सेन्ट पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि हुन । जेसुइटहरूलाई ऐतिहासिक रूपमा रोमद्वारा शंकाको नजरले हेरिने गरिन्छ । अर्जेन्टिनाका कार्डिनल बर्गोग्लियो रूपमा उनको प्रख्याती थियो, जब आफ्नो सत्तरी बर्षको उमेरमा उनी सन २०१३ मा पोप बनेका थिए।

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया