गच्छदारलाई विशेष अदालतले तोक्यो १० लाख धरौटी
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ललिता निवास जग्गाको भ्रष्टाचार प्रकरणमा १० लाख रुपैयाँ धरौटी तोकिएको छ । उनका कानुन व्यवसायीका ललित बस्नेतकाअनुसार अदालतले तोके बमोजिमको धरौटी रकम बुझाएर छुट्दैछन् । बुधबार विशेष अदालतले उक्त प्रकरणमा गच्छदारलाई थुनामा नराखी धरौटीमा छोड्ने निर्णय लिएको हो । यसअघि त्यसै प्रकरणमा जोडिएका नेपाल सरकार तत्कालीन सचिव दीप बस्न्यातलाई भने अदालतले थुनामा पठाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध उक्त जग्गा प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको थियो ।
उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आयोगले अभियोग लगाएको थियो । गच्छदार सत्तारुढ नेपाली कांग्रेसका उपसभापति हुन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया