धरानमा विमानस्थल बनाउन नसकेकोमा दुःखी छुः पूर्व मन्त्री किराती

काठमाडौँ- पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन नसकेकोमा दुःखी बनेको प्रतिक्रिया दिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै धरानमा विमानस्थल बनाउन नसकेकोमा धेरै दुःखी बनेको उल्लेख गरेका छन् ।
‘नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु । फेरि ठूलो स्वरमा एकपटक भन्छु, म दु:खी छु,’ उनले भनेका छन्,’ जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरौं । देश र जनतालाई छातिमा राखौं ।‘
धरानमा विमानस्थल बनाउन चाहना भए पनि भावनाले मात्र नहुने उनको भनाइ छ । ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने हुन्छ,’ उनले लेखेका छन्,’ कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ । कुनैबेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानु पर्छ ।‘

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया