एक अंकले बढ्यो नेप्से

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक एक दशमलव ०१ अंकले बढेको छ । ० दशमलव ०४ प्रतिशतले बढेर नेप्से २८७२.०५ बिन्दुमा पुगेको हो ।
क वर्गका कम्पनीहरू सेयर मूल्य मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव १४ अंकले घटेको छ । ० दशमलव ०३ प्रतिशतले घटेको हो । बैंकिङ समूहको परिसूचक ६ दशमलव २२ अंकले घटेको छ । कारोबारमा आएका आठ समूहका परिसूचक घटेका छन् ।
हिमालयन पावर पार्टनरको सेयर मूल्य आठ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी सेयर कारोबार गुर्खाज फाइनान्सको छ । २९ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।
५० हजार पाँच सय ९१ पटकको कारोबारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार पाँच अर्ब ६५ करोड ४५ लाख रुपैयाँ सेयर कारोबार भएको छ । योसँगै बजार पुँजीकरण ३९ खर्ब ९५ अर्ब रुपैयाँ छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया