आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

काठमाडौँ- चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।
रंगशालाको जारी लिग हेरे पछि आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् । क्लबले पनि उनलाई स्वागत गर्न भव्य तयारी गरिरहेको क्लबक निर्देशक भुपेन कुँवरले जानकारी दिए । नेपाली फुटबल प्रेमी तथा ब्राजिलका फ्यानहरूले कार्लोसलाई हेर्न क्लबमा आउने पाहुनाहरूले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको उनले जानकारी दिए ।
‘क्लबमा रहेसम्म उनले खेलेका गेमहरू तथा जादुगरी फुटबलका कलामय भिडियोहरू देखाइनेछ । क्लबमा रहेको ठूलो स्क्रिनमा उनका गेमहरू देखाइने छ,’ उनले भने,’ आज ब्राजिलका बढी फ्यानहरू उपस्थित हुन सक्ने छन् । नेपालमा ब्राजिलका धेरै फुटबल फ्यानहरू छन् ।‘
कार्लोसका समर्थकले उनलाई नजिकबाट क्लबमा हेर्न पाउँनेछन् । नेपाली फुटबल प्रेमीले सन् १९९८ देखि उनलाई चिन्न थालेका हुन्।

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

प्रतिक्रिया