कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए।
‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो’, उनले भने।
उनले कम्युनिष्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौं।’

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया