उडान सूचना र सर्च एण्ड रेस्क्यु क्षेत्र स्थापना गर्न कतारलाई आईकाओको सहमति

काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारलाई सैद्धान्तिक सहमति दिएको छ । कतार सरकारले आईकाओसँग सहमति माग्दै आएको थियो । यसले कतारलाई आफ्नो छुट्टै एअर स्पेस र सूचना प्रणाालीको अवसर मिलेको हो ।
आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा एवं दक्षताका स्तरमा वृद्दि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउन पाउने भएको छ ।
आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो । आईकाओले कतारले गरेको प्रस्तावलाई सिकागो कन्भेन्सनले तय गरेको अनुच्छेद नम्बर एक तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ ।
यस प्रस्तावमार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउने उद्देश्य लिएको छ । जसले विश्वकै हवाइ क्षमता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विश्वास आईकाओले लिएको छ । यसको अलावा आईकाओले हवाइ उडान तथा हवाइ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत यो प्रस्तावको परीक्षण गरिने कुराको विश्वास आईकाओले दिलाएको छ ।
कतार हवाइ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने/नरहने विषयको जाँच गरिने आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवाइ उडान सञ्चालन गरिरहेको स्वीकारेको छ । आईकाओले बहराइन र कतार सँगसँगै अन्य छिमेकी राष्ट्रलाई वार्ता र सहकार्यको माध्यमबाट हवाइ क्षेत्र सुरक्षामा सजक रहन आह्वान गरेको छ ।
कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ । यातायात तथा सञ्चारमन्त्री जासिम विन सैफ अलसुलैतीले कतारको प्रस्तावमा कतार मात्रै नभएर गल्फ मुलुकहरूकै फाइदा रहेको बताए । उनले कतारले सिकागो सहमति तथा आईकाओ काउन्सिल रिजाेलुशनको सम्मान गर्दै हवाइ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने पनि बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया