मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

काठमाडौँ- पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो । 

वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी पुरुषोत्तम थापा मगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइललगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न सहज भएको छ”, उनले भने । 

उनका अनुसार वाकिटकीको प्रयोगमार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको छ । नेपाल टेलिकमको नेटवर्कबाट चल्ने भएकाले दूरीको  हिसाबले पनि कुनै समस्या नभएको उनले बताए । 

पिओसी वावाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयर बाट सामुहिक तथा व्यक्तिगत रुपमा कुराकानी गर्न, कुराकानीलाई रेकर्डमा राख्न र सुन्न, जिपिएस लोकेसन ट्रयाकिङ गर्नका साथै केन्द्रबाटै नियन्त्रण गर्नका लागि सहज भएको छ । यसले नगरप्रहरीको कामलाई सहज बनाएको उनको भनाइ छ ।

एबेल ब्राण्डको पिओएस वाकिटकीको आधिकारिक बिक्री वितरक डिकेड इन्टरनेशलनले नेपाल दूरसञ्चार प्राधिकरणबाट  टाइप अप्रुभल प्रमाणपत्र प्राप्त गरी  नेपाल टेलिकम तथा एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चारसेवा दिइरहेको छ । साथै प्रत्येक आइएमइआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।