राजा फर्काउने आन्दोलनको कमाण्डरको जिम्मा पुन: सुवेदीलाई

काठमाडौं- राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्द मुक्त भएपछि पुरानै जिम्मेवारीमा फर्किएका छन् । सुवेदीलाई प्रहरीले नजरबन्द गरेपछि आन्दोलनको संयोजन जगमान गुरुङले गर्दै आएका थिए ।
मंगलबार संयोजक नवराज सुवेदीको नजरबन्द फुकुवा भएपछि राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समितिको संयोजकको दायित्त्व सुवेदीले बहन गरेको गुरुङले बताए ।
उनले भने, ‘मैले राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समिति , निर्देशक समितिको प्रमुख सल्लहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु । ‘
उनले आफूले कार्यवाहक संयोजक रहँदाका बखत कार्यक्रमहरूलाई सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

प्रतिक्रिया