धितोपत्र बोर्डले सचेत गराएपछि बजार सम्हालियो

काठमाडौंः केही दिन यता लगातार उछाल आइरहेको सेयर बजार नियामक धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएपछि मंगलबार सम्हालिएको छ । धितोपत्र बोर्डले सोमबार बजारमा तीव्र उछाल आइरहेकोले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको थियो ।
आज नेप्से परिसूचक ३.३५ अंक अर्थात् ०.१७ प्रतिशतले बढेर २,०००.४० बिन्दूमा रोएिको छ । मंगलबार २,००० अंकको थ्रेसहोल्ड काटेको नेप्से सम्हालिएर अगाडि बढेको देखिन्छ ।
आज बजारमा बिक्रीको चाप बढेको देखिएको छ । बैंकिङ्ग, ट्रेडिङ्ग, होटल, विकास बैंक, वित्त कम्पनी, निर्जिवन बीमा कम्पनी र म्युचुअल फण्ड उपसमूहको परिसूचक ओरालो लागेको छ ।
जलविद्युत्, जीवन बीमा कम्पनी, लघुवित्त, म्यानुफ्याक्चरिङ तथा प्रडक्सन र अन्य उपसमूहको परिसूचक उकालो लागेको छ ।
आज नेप्सेमा १९७ कम्पनीका ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैँया मूल्य बराबरका एक करोड ८५ ७६ हजार सात सय आठ कित्ता सेयर ६७ हजार तीन सय ५५ कारोबारमार्फत् किनबेच भएका छन् ।
आज मुख्य कमाउनेहरुमा नेपाल पुनर्बीमा कम्पनी, रसुवागढी जलविद्युत् कम्पनी, अपर तामाकोसी, नेपाल टेलिकम र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका सेयर लगानीकर्ताले कमाएका छन् ।

घट्यो पेट्रोलको मूल्य

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

प्रतिक्रिया