प्रधानमन्त्र र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो ।
विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

प्रतिक्रिया