कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री भण्डारी

काठमाडौं- रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्युन्तम ज्याला हुनु पर्ने बताएका छन । बुधबार काठमाडौंमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए ।
उनले रोजगारदाता, श्रमिक, ट्रेड युनियन सबै सरोकारबालाहरु बीच गहन छलफल गरी श्रमिकहरुको न्यून्तम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सुत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।
यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गनुपर्नेमा जोड पनि दिए । उनले श्रमिकहरुको ज्यालाको सम्बन्धमा त्यसका आधारहरु, मापदण्ड सहितका सुत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।
त्यसै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्युन्तम पारिश्रमकि तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठयारो नहुने गरी गर्नुपर्नेमा जोड दिए । ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्युन्तम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो बिषय कठिन नरहेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्युनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ ।

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

प्रतिक्रिया