श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गर्नुभएको छ ।
आज यहाँ भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गर्नुभयो । नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको युएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।
उहाँले युएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गर्र्नुभयो । त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्को शुल्क घटाउन आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले युएईमा रहेका कम्पनीले कर्पोरेट सामाजिक उतरदायित्व अन्तरगत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको जनाइएको छ ।

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोली

रघुजी पन्त शिक्षा मन्त्री बन्दै

प्रधानमन्त्री केपी ओलीले बर्खास्ती गरे ऊर्जा राज्यमन्त्री तामाङलाई

प्रधानमन्त्री ओलीसँग भारतीय विद्युतमन्त्रीको भेट

प्रतिक्रिया