चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक, डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशील कथा

काठमाडौं - वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा चलचित्रमा रहेको ट्रेलरले प्रस्ट्याएको छ ।
ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । त्यसपछि, डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक - सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ ।
चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
चलचित्रका निर्देशक यादवकुमार भट्टराईका अनुसार, ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताएका छन् ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

‘तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता’ मा १० कविको कविता छनौट

६ करोड हिनामिना केसमा राजमौलीको हिरोलाई हाजिर हुन आदेश
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_Mi2hJcXEtf_nfa79rpoxpbfw2choh3qjswzixpu1hj5jlvnsrdct53fajgarhes3medgfhu.jpg)
चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक, देखियो कलाकारहरूको प्रभावशाली भूमिका

लोकार्पणमै बहुरूपीको बहुरूप

टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परी…
समापिका गौतम: ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्मको यात्रामा अभिन…

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

प्रतिक्रिया