एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । उनले बुधबारदेखि नै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन् ।
बैंकको विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरेर कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
उनको योगदान बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै छ ।
उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् ।
उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
घिमिरेले आफ्नो कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरेका छन् । 'मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं,' उनले भने ।
साथै, आजैका मितिबाट लागू हुने गरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।
स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरी कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छन् ।
उनीहरूको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’को उद्देश्यतर्फ कदम अगाडि बढाएको छ ।

बालाजु अटो वर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

सेयर बजारमा दोहोरो अंकको गिरावट

लेकतर्फ लाग्दै भेडाका बथान

पहिलो पटक आयोजित स्काईवेल पाईलट समिट भब्यतापूर्वक सम्पन्न

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया