दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

काठमाडौँ- नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्सनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ ।
‘च्वाइस’ ले एकै कार्ट र एकै वेयर हाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ । साथै, ४ वा सो भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् । त्यसैगरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एण्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
दराज एपमा होमपेज तथा “च्वाइस” सर्च फिल्टरमार्फत यो अप्सनमा सजिलै प्रवेस गर्न सकिने छ । यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्ता मैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “हामीले ग्राहकहरूको स्तरिय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्सनको सुरुवात गर्न लागेका हौं । गुणस्तरीय उत्पादनहरु उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधा सहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको छ । अप्सनका साथमा उपलब्ध हुने सजिलो फिर्ता नीतिले उपभोक्ताको किनमेल अनुभव अझै सरल र भरपर्दो बनाउने कुरामा हामी विश्वस्त छौँ । यसै माध्यमबाट हामी ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै बजार नेतृत्वलाई अझ सुदृढ गर्दैछौं ।”
“च्वाइसको अवधारणा विशेष गरी बदलिँदो अनलाइन किनमेल प्रवृत्तिलाई ध्यानमा राखी तयार गरिएको हो । यसका माध्यमबाट सुविधा, गुणस्तर र मूल्यको उपयुक्त संयोजन प्रस्तुत गर्न हामी सदैव प्रयासरत रहन्छौँ । च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउनुका साथै, बिक्रेताका लागि दीर्घकालीन विकासको अवसर समेत पनि प्रदान गर्दछ ”, दराजका ग्लोबल हेड अफ च्वाइस, जिआंग हान एडेलाले भने ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया