स्वास्थ्य मन्त्रालय जान खोजेका चिकित्सकसँग प्रहरीको धकेलाधकेल

काठमाडौँ- सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् ।
माइतिघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसंग माग गरेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा दिने निर्णयमा स्वास्थ्य मन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उहाको भनाइ छ ।
चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए बैंशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

पहिरोले मकालु र भोटखोलामा सडक अवरुद्ध

भिक्षुले फोटोमा झल्काएका मुस्ताङको संस्कृति
जम्मु-कश्मीर आतंकवादी हमला : सुदीपको शव नेपाल ल्याइयो

सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्माले भनिन्- हिमालहरूमा जीवन छैन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

प्रतिक्रिया