बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभिमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर

नेपालका लागि स्टाइलिस र प्राविधिक रूपमा उच्चकोटीको इभि ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभि खरिद गर्ने सोचिरहेका ग्राहकका आकर्षक अफरहरूसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ ।
बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरूले भरिएको दिपल इभिलाई आकर्षक अफरहरूसहित खरिद गर्ने यो अनुपम समय हुनेछ ।
‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउनु हुनेछ ।
नेपालमा छोटो समयमै निकै रूचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ ।
साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनुहुनेछ । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरूसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्छ ।
नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रूपमा आफूलाई स्थापित गरिसकेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रूपमा उच्च कोटीको इभी मोडेल छन् ।
यी इभीहरूमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरूको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभाषित गरेको छ । साथै, ग्राहकको सहजता तथा इभि इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन सञ्चालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिंग सञ्जाल हो ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया