विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

काठमाडौं – विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्। उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्।
एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तोला विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए।
महासंघ नेपालका सबै जिल्ला तथा पालिकाहरूसम्म विस्तार भएको संस्था हो। यसले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गर्न तथा पूर्वीय दर्शन, सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि नि:स्वार्थ काम गर्दै आएको छ।

सुनधारामा युवक कुट्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौँ महानगरमा गल्ती गर्ने कसैलाई छुट छैनः मेयर शाह

पहिरोले मकालु र भोटखोलामा सडक अवरुद्ध

स्वास्थ्य मन्त्रालय जान खोजेका चिकित्सकसँग प्रहरीको धकेलाधकेल

भिक्षुले फोटोमा झल्काएका मुस्ताङको संस्कृति
जम्मु-कश्मीर आतंकवादी हमला : सुदीपको शव नेपाल ल्याइयो

सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्माले भनिन्- हिमालहरूमा जीवन छैन

प्रतिक्रिया