चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ – नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औँ राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन्।
उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा स्वागत गरेका थिए।
स्वागत कार्यक्रमपछि उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्षमा सहभागीलाई प्रशिक्षण गराएका थिए। उनले शुक्रबारसम्म प्रशिक्षण दिनेछन्।
जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन्। सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन्। महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया