ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देश- अब शान्ति सम्झौता गरौं

कीभ, युक्रेन- कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ। आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभयो, "म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन। यो अनावश्यक र गलत समय हो। भ्लादिमिर, रोक! शान्ति सम्झौता गरौं।" उहाँका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई 'सबैभन्दा घातक र दुस्साहसी' भनेका छन्।
कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए। रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ। यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ। (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया