गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु

गाजा- गाजा पट्टीमा बिहीबार भएका इस्रायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।
यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।
इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।
अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ। (सिन्ह्वा)

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु

स्वतन्त्र व्यापार सम्झौतामा युरोपेली संघ र इन्डोनेशियाबीच ऐतिहासिक सहमति

प्रतिक्रिया