पाकिस्तान र इरानबाट एकै दिनमा ६ हजार बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।
आयोगले स्वदेश फर्कनेहरूका लागि आ–आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।
गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले कागजातविहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।
करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् । (सिन्ह्वा)

अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिन्छौँ : पा…

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

गाजामा इजरायली आक्रमण: २९ जनाको मृत्यु

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देश- अब शान्ति सम्झौता गरौं
अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन : चीन

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

प्रतिक्रिया