पाकिस्तान र इरानबाट एकै दिनमा ६ हजार बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।
आयोगले स्वदेश फर्कनेहरूका लागि आ–आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।
गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले कागजातविहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।
करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् । (सिन्ह्वा)

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
पोर्चुगलका पूर्वप्रधानमन्त्री सुक्रेट्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

प्रतिक्रिया