अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा

इटहरी (सुनसरी)- सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भाञ्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन् ।
वैशाख ८ गते बिहान साढे ८ बजे आसपासमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए । सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनले भने, “मानिस बगेको खबर पाएलगत्तै स्थानीयवासीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजी जारी छ ।” बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका उहाँहरु नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

प्रतिक्रिया