शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरघुरीका किसानलाई सूचिकरण गरिएको छ । कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो ।
किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।
उहाँका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरघुरीलाई सूचिकरण गरिएको छ ।
आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरणकार्य गरिने उहाँले बताउनुभयो । कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरणकार्य गरिएको उनको भनाइ रहेको छ ।
“सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ” उनले भने, “सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।” रासस
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु, १० जना पक्राउ

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

प्रतिक्रिया