लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
नेपालगञ्ज- लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ ।
अपराह्न ४:०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच भीडन्त हुने छ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए ।
एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताउनुभएको छ । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५ र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया