कन्टेनरबाट ४० किलो गाँजा बरामद

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका-४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ३०४१ नम्बरको कन्टेनरलाई प्रहरीले जाँच गर्दा सो कन्टेनरमा लुकाइछिपाइ ल्याइएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । प्रहरीले बरामद भएको गाँजा र कन्टेनर तथा सहचालक गुरुङलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।(रासस)

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया