शुक्रबार १२ बैशाख, २०८२
Friday, April 25, 2025

वार्ता गरेनौँ, मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक

नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिए पनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश  आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । 

उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौँ ।   तर  विशेष कारणवश  आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए ।