कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

मस्को- शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ ।
रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उहाँको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।
समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली लागेको बताउनुभयो । उहाँले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिनुभयो ।
रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारी साधनको भिडियोहरू प्रसारण गरेका छन् । समितिले सम्भावित संदिग्धहरूको उल्लेख गरेको छैन ।
यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उहाँको अपार्टमेन्ट भवन बाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए । (एपी)

ट्रम्पको धम्कीपछि मोदीले पठाए अजित डोभाललाई रूस

चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गर्यो चेता…

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै

प्रतिक्रिया