आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

सिरहा- यहाँको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ ।
बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
“बिहीबार मात्र हामीले मृतकको आमा र बुबाको बयान लिएका छौँ”, उनले भने “घटनासँग सम्बन्धित मुद्दा फाँटका प्रहरीलगायत अन्य व्यक्तिको बयान लिने काम बाँकी छ । चाँडै सकिन्छ ।” कोइरालाले आगामी दुई हप्ताभित्र घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्ने जानकारी दिए ।
गत पुस ९ गते मृतक आनन्ददेवीलाई गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय खोज्दाखोज्दै वैशाख २ गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सूक्ष्म अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम वैशाख ४ गते प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
जबर्जस्ती करणी भएको अढाइ महिनापछि गत फागुन २५ गते बल्ल उक्त घटनामा जबर्जस्ती करणी उद्योगको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई प्रहरीले पक्राउ गरेको थिएन । आरोपित अझै फरार छन् ।
माइती पक्षद्वारा जाहेरी दिने तयारी
यस घटनामा मिलापत्र गराउन पीडकका परिवार, स्थानीय केही व्यक्ति र स्वयं प्रहरी समेत लागि परेको समाचार सार्वजनिक भएको थियो । यौन दुव्र्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने दुवै आरोपितका बुबा, स्थानीय तथा प्रहरीविरुद्ध पनि जाहेरी दिने तयारी गरिएको मृतक आनन्दीदेवीकी आमा बिलटौनदेवी सदायले जानकारी दिनुभयो । यौन दुव्र्यवहारका दुवै आरोपितमाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया