कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।
विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।
उनका श्रीमती छन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए ।

प्रचण्डको ब्रिफिङ : शिक्षक, निजामति, चिकित्सक र लघुवित्त पीडितको समस्या सरकारला…

माओवादीको निर्णय : शिक्षक र निजामती विधेयक अघि बढाउन पहल गर्ने, सरकारलाई सं…

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

प्रतिक्रिया