सुडानमा भएको पछिल्लो झडपप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

जुबा- संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको एक दक्षिणी राज्यमा सरकार पक्षधर सेना र विपक्षी सशस्त्र लडाकू (सेना) बीच भएको झडपप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
अत्यन्त गरिब रहेको विश्वको सबैभन्दा कान्छो राष्ट्र लामो समयदेखि असुरक्षा र अस्थिरताको चपेटामा परेको छ ।
राष्ट्रपति साल्भा किर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी उपराष्ट्रपति रिक माचरका सहयोगी समूहबीच हालै भएको लडाइँले फेरि युद्धको चिन्ता बढाएको छ ।
करिब चार लाख मानिसको ज्यान लिएपछि सन् २०१८ मा भएको शान्ति सम्झौताले दुई प्रतिद्वन्द्वीलाई संयुक्त सरकारमा सहभागी गराएपछि अन्त्य भएको पाँच वर्षे गृहयुद्धमा पुनरागमन हुने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको आशङ्का छ ।
दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्सेज (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेशन आर्मी–इन अपोजिसन (एसपीएलए–आइओ) बीच मध्य इक्वेटोरिया राज्यको मोरोबो र एई काउन्टीमा भएको झडपका कारण नागरिक विस्थापित र हताहत भएको दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनमिस) ले जनाएको छ ।
सन् २०१८ को सम्झौता अनुसार सरकार र विपक्षी शक्तिहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा विभाजन गरिएको थियो।
माचार समर्थक सेनाले यस हप्ताको सुरुमा यस क्षेत्रको सैन्य शिविरमा सरकारी आक्रमणको निन्दा गर्दै एसएसपीडीएफले काउन्टीहरूलाई झडप क्षेत्रका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाएको थियो। एएफपीले गरेको अनुरोधमा सेनाले कुनै प्रतिक्रिया जनाएको छैन ।
संयुक्त राष्ट्रसङ्घले झडपका बारेमा विस्तृत विवरण नदिए पनि ‘पहिलेदेखि नै कमजोर राजनीतिक र सुरक्षा अवस्था’लाई ध्यानमा राख्दै ‘तत्काल युद्धविराम’ गर्न आग्रह गरेको छ ।
मोरोबो काउन्टीका आयुक्त चाल्र्स डाटा बुलेनले यस क्षेत्रको अवस्था ‘अस्थिर’ रहेको र काउन्टीमा दैनिक सात हजार मानिसहरू विस्थापित भइरहेको र अधिकांश बाहिरी उप–जिल्लाहरूबाट मोरोबो शहरमा भाग्ने गरेको बताए ।
स्थानीय युवा मार्गरेट इलेलीले मङ्गलबार दिउँसो नजिकै गोली चलेको आवाज सुनेपछि सबै कुरा छोडेर भाग्न थालेको बताए ।
उहाँले अहिले मोरोबो सहरमा आश्रय लिइरहनुभएको छ । एएफपीसँगको प्रतिक्रियामा उनले भने, “म अलमलमा परेकी छु र अब के गर्ने मलाई थाहा छैन।”
अर्का स्थानीय ३० वर्षीय चाल्र्स लिकाम्बोले पनि आफ्नो पाँच जनाको परिवारका साथ आफू विस्थापित भएको बताए । एएफपीसँग कुरा गर्दै उनले आफ्नो बाली र पशु चौपायालाई अलपत्र छोड्न बाध्य भएको एएफपीसँग बताए ।
उनले भने, “म र मेरो परिवारले कुनै खाद्य सहयोग पाएका छैनौँ । मेरा बच्चाहरू भोकभोकै रोइरहेका छन् । मानवीय सङ्घसंस्थाहरूलाई सहयोग गर्न आग्रह गर्दछु।”
गत महिना माचरलाई नजरबन्दमा राखिएसँगै बढ्दो राजनीतिक तनावलाई लिएर अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला यो झडप भएको हो ।
संयुक्त राष्ट्रसङ्घले गत मार्चयता हिंसाका कारण एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएको र १८० जनाभन्दा बढीको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको जनाएको छ । (एएफपी)

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_kQm5o2NNcC_pti0pv0mnbu35quordwy674hkp1f64cukfnugoesuykgbckhnzznnec8dgzq.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया