एनआरएनए महाधिवेशन सम्पन्न गर्न शेष घलेको अपिल

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउने प्रयासमा सहयोग गर्न अपिल गरेको छ ।
समितिका संयोजक एवं पूर्वअध्यक्ष शेष घलेले शुक्रबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको वातावरण बनाउन संस्थापक, पूर्वअध्यक्ष र उच्चस्तरीय समितिका सदस्यलाई छलफलमा जुट्न आग्रह गरेका हुन् ।
“अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नुपर्ने बेला हो”, उनले भने, “विगतमा कसले के गर्यो त्यो कुरा अहिले छाडौँ, तोकेको मितिमा महाधिवेशन आयोजना गर्नु नै एकताको सुत्र हो, फुटेर होइन, जुटेर अघि बढौँ ।”
संयोजक घलेले खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न अपिल गरेका छन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया