आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

जागिर लगाइदिने प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

वीरगञ्ज : बलात्कारको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकको दावी छ । पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । रासस