स्थानीय औलो शून्य, आयातितको जोखिम

मध्यविन्दु (नवलपरासी ब सु प)- जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सातजना औलो (मलेरिया) का बिरामी भेटिएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार सातै जना पुरुषमा औलो देखिएको हो । तीमध्ये एकजना शान्ति सैनिकका रूपमा सुडानमा खटिएर आएका नेपाली सेनाका जवान रहेका छन्भने बाँकी छजना भारतमा रोजगारी गरी फर्किएकाहरू छन् ।
जिल्लामा विगतका वर्षहरूदेखि नै औला शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी हुनेहरू भने फेला परिरहेका कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए । “कामका लागि भारत गएर फर्किएकाहरूमा औलो रोग पत्ता लाग्ने क्रम बर्सेनि देखिने गरेको छ । जिल्लामै बसोबाग गरिरहेकाहरूमा भने समस्या देखिएको छैन”, उनले भने ।
पछिल्ला सात आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा आयातित औलोको जोखिम रहेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १३, २०७६/७७ मा ११, २०७७/७८ मा तीन, २०७८/७९ र २०७९/८० मा छ/छ र २०८०/८१ मा चारजना औलोका बिरामी देखिएका थिए । यस अवधिमा आव २०७८/७९ मा एकजना महिलामा औलो देखिएको र अन्य सबै पुरुष रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिए । “विगत सात वर्षका सबै बिरामीहरूमा आयातित संक्रमण नै देखिन्छ, यो नै हाम्रा लागि चुनौतीको विषय बनेको छ”, उनले भने ।
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्थानीय औलोलाई शून्यमा झार्न यस्तो बिरामीको खोजपडताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट यस्ता रोग फैलने हुँदा यसबाट बच्न चिकित्सकले आग्रह गरिरहेका छन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताए ।
औलो संक्रमण भएमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छन् । यस्तो भएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ ।
आज अप्रिल २५ का दिन विश्व औलो दिवसका सन्दर्भमा कार्यालयले जिल्लावासीलाई लामखुट्टेको संक्रमणबाट बँच्न र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेको । यो दिवश नेपालसहित विश्वभर मनाइँदै छ । यस वर्षको नारा ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ तय गरिएको छ ।

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि के-के हुन्छ परीक्षण ?

आवासीय चिकित्सक भन्छन्ः श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छ

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

अब यसरी सजिलै चिन्नुहोस् केमीकल हालेको आँप

स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा योजना सार्वजनिक

गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा

बदाम तेल एक, फाइदा अनेक

प्रतिक्रिया