आइतबार १४ बैशाख, २०८२
Sunday, April 27, 2025

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद  डा. शेखर कोइरालाले दक्षिण एशियामा आतङ्कवादले लामो समयदेखि असर पारिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले आतङ्ककारी गतिविधिहरूलाई कुनै पनि बहानामा समर्थन गर्न नसकिने स्पष्ट उल्लेख गर्दै आक्रमणकारीलाई न्यायको कठघरामा ल्याउनुपर्ने माग पनि गरेका छन्। 

भारतको जम्मु–काश्मिरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत डा. कोइरालाले निर्दोष सर्वसाधारणमाथि लक्षित यो जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

"यो दुःखद घडीमा हामी भारत र भारतीय जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौं," डा. कोइरालाले भनेका छन्। साथै, आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेका परिवारप्रति पनि उनले समवेदना प्रकट गरेका छन्।

डा. कोइरालाले आतङ्कवादको निन्दा गर्दै भने, "कसैले, जहाँसुकै र जुन उद्देश्यका लागि गरे पनि आतङ्कवाद कहिल्यै उचित ठहरिन सक्दैन।"
 

April 22 terrorist attacks in Pahalgam

We strongly condemn the terrorist attacks on innocent civilians in Pahalgam, Kashmir, on April 22. We express our deepest condolences and sympathies to the families of the victims and pray for the rapid recovery of those injured in this…

— Dr Shekhar Koirala (@Shekharnc) April 26, 2025