आइतबार १४ बैशाख, २०८२
Sunday, April 27, 2025

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

भरतपुर महानगरपालिकाले सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलालाई पौष्टिक खाना र यातायात खर्च व्यहोर्ने  भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् ।

‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको व्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन । आजै ‘सुत्केरी पोषण झोला वितरण कार्यक्रम’ शुभारम्भ कार्यक्रम भरतपुर–१७ गुंजनगर स्वास्थ्य केन्द्रबाट उनले सुरूवात गरेकी छिन् ।