देशले धान्ने गरी शिक्षकको माग पूरा गरौः राष्ट्रिय सभा सदस्य सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरु अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरु ठूला दलहरु पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताएका हुन् । उनले दलहरुबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राख्नुभयो ।
आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसंग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए । सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोधमात्रै नभइ रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अहिलेको व्यवस्थालाई सफल पार्न सबै मिलेर नै अघि बढ्नुपर्ने उहाको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरि शिक्षकहरुको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया